५ जेष्ठ २०८१, शनिबार 1716067001
Banner

न्यायाधीश नहकुल सुवेदीका पीएसओ प्रभाकार खड्काको पेस्तोल चोरी

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलका अनुसार उनीहरुले ३० असारमा चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको छ। त्यसमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ।

प्रहरीका अनुसार, सई खड्काको घर नजिकै उनीहरु चोरी गर्न गएका थिए । फर्किँदा झ्याल खुल्लै देखेपछि अंकुशे लगाएर झोला तानेका थिए । झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत राखेका थिए ।

पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।