१३ बैशाख २०८१, बिहीबार 1714072149
Uncategorized

माओवादीमा चुनाव नगर्ने प्रचण्डको रणनीति

काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य सहमतिबाट चयनको प्रयास जारी राखेको छ । २९९ केन्द्रीय समिति सहमतिबाट चयन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम प्रयास गर्नुभएको छ । यसका लागि आइतबार १ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । यसअघि आइतबार साढे ११ बजे मतदान हुने तय भएको थियो ।

माओवादीभित्र केन्द्रीय समितिले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ । यसकारण केन्द्रीय समितिको निर्वाचनमा सबैको ध्यान गएको छ । तर, प्रचण्डले सहमतिमा पदाधिकारी चयनका लागि केन्द्रीय सदस्यमा पनि सहमति बनाउन खोज्नुभएको छ ।

यसअघि निर्वाचन प्रक्रिया अगाडि बढाउँदै १७ सय ४२ मतदाताको नामावली माओवादीको निर्वाचन आयोगले प्रकाशित गरेको थियो ।