९ जेष्ठ २०८१, बुधबार 1716412964
Banner

एमाले प्रवेशका लागि ठुलो संख्यामा माओवादी पूर्व लडाकु काठमाडौंमा

काठमाडौं– नेकपा एमाले प्रवेशका लागि ठुलो संख्यामा माओवादी पूर्व लडाकुहरु काठमाडौं आएका छन् ।

भक्तपुरमा आज हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।

एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले प्रवेश गर्ने पूर्वलडाकुहरुको व्यवस्थापन गर्नुभएको छ । उहाँका अनुसार सांकेतिकरुपमा युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रम (कृषि बजार उदघाटन)कै अवसरमा पूर्वलडाकुलाई एमाले प्रवेश गराउन लागिएको हो ।

प्रसाईंले पूर्वी नेपालका धेरै जिल्लासहित लुम्बिनी र सुदूरपश्चिममा समेत पूर्वमाओवादीलाई एमालेमा ल्याउनुभएको छ ।

प्रसाईं माओवादी पृष्ठभूमिकै हुनुहुन्छ ।