५ जेष्ठ २०८१, शनिबार 1716063095
समाचार

नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथग्रहण गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथग्रहण गर्दैछन् ।

बुधवार बिहान साढे १० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मंगलवार नियुक्त गरेका थिए । नेपालको सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।