१२ बैशाख २०८१, बुधबार 1714004349
Banner

भक्तपुरमा नेपालकै ठूलो तरकारी बजार सञ्चालनमा, अध्यक्ष ओलीले आज उद्घाटन गर्नुहुने

भक्तपुर – भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार सञ्चालनमा आएको छ । तरकारी बजारको आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याउनु भएको छ । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा प्रसाईँले सञ्चालनमा ल्याउनु भएको हो ।

सूर्यविनायक हरित तथा कृषि थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भन्नुभयो, ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’ २ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उहाँले बताउनुभयो ।

हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिने सक्ने प्रसाईले भन्नुभयो । केही समय अगाडी नै बजार संचालनमा आएको भएपनि कोरोनाको कारणले सहज नभएकाले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।