२८ बैशाख २०८१, शुक्रबार 1715345788
कला/साहित्य

तीर्थराज र ममताले प्रत्येक पाइला चाल्दा (भिडियो)

काठमाडौं। गायक तथा संगीतकार तीर्थराज पोखरेलको स्वरमा नयाँ गीत बजारमा आएको छ । यो गितसँगै गजल, भजन, स्वदेश गानहरूमा स्वर भरेका पोखरेलले श्रृंगारिक गीत तर्फ यात्रा सुरु गरेका छन् ।

गायिका ममता गुरुङ र गायक तीर्थराज पोखरेलले प्रत्येक पाइला बोलको गीतमा सार्वजनिक भएसँगै पोखरेल अब श्रृंगारिक गायन तर्फ पनि पाइला अघि बढाएका छन् ।

गायिका ममता गुरुङले गायक तीर्थराज पोखरेलसँगै पोखरामा रहँदा संगीत सिकेकी थिइन् । गुरु चेलीले एउटै गीतमा स्वर दिन पाउँदा गर्वको अनुभूति भएको गायक पोखरेलले बताए । गायक पोखरेलको सांगितिक यात्रा शास्त्रीय संगीतको विद्यार्थी हुँदै सुरु भएको थियो ।

गायक पोखरेल गीत संगीतकै प्रवर्धनका क्षेत्रमा क्रियाशील रहेको छन्। उनी अहिले राष्ट्रिय नाचघर काठमाण्डौंमा सहायक गायन प्रवन्धकका रूपमा काम गरिरहेका छन्।

नेपाल आइडलको सिजन ३ को उत्कृष्ट १० मा पर्दै चर्चाको कमाउँदै आएकी गायिका ममताले पछिल्लो समय धेरै गीतमा स्वर दिएकी छन्। अघिल्लो वर्ष ममता रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा प्रथम भएकी थिइन् ।

प्रत्येक पाइला चाल्दा गीतमा मनको आनन्दको शब्द रहेको छ । यसमा तीर्थराज पोखरेलले नै संगीत संयोजन गरेका हुन्।

हरि सायमीको रेकर्डिङ, कुमार केसीको मिक्सिङ रहेको छ भने यस गीतको म्युजिक भिडियोमा देवराज आचार्यको निर्देशन र अभिनय रहेको छ । यस गीतलाई ओएसआर मुभि युट्युब च्यानलले रिलिज गरेको छ।