१५ बैशाख २०८१, शनिबार 1714272527
Banner

एमाले कांग्रेसलाई मुख्यमन्त्री दिन तयार : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

बिहीबार सर्वोच्च अदालतले यसअघि असार २१ गते मुख्यमन्त्री बनेको कोशी प्रदेश सरकारलाई असंवैधानिक भनी आदेश दिएपछि मुख्यमन्त्री पदमा पुनस्र्थापना भएका मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’

उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रष्ट पारे ।

पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनस् कार्यभार सम्हाल्दै छन् ।

Tags :