४ जेष्ठ २०८१, शुक्रबार 1715944066
Banner

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा मेरो संलग्नता छैन : मल्होत्रा

काठमाडौं । व्यापारी दीपककुमार मल्होत्राले त्रिभुवन विमानस्थलबाट बरामद सुन आफ्नो नभएको बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले यस्तो बताएका हुन् ।

बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचार भ्रामक असत्य भएको बताउँदै समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको बताएका छन् ।

‘म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोवार गर्ने गरेको छैन,’ मल्होत्राले भने, ‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन । समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’

Tags :