११ बैशाख २०८१, मंगलवार 1713915444
Banner

टी–२० सिरिजमा नेपालको विजयी सुरूवात

काठमाडौं । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

१८४ रनको लक्ष्य लिएर मैदान उत्रेको पपुवा न्युगिनीले खेल सकिन ४ बल बाँकी छँदै सबै विकेट गुमाएर केबल १६८ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

मलेशिया समेत सम्मिलित श्रृङ्खलाको दोश्रो खेल भोलि मलेशिया र पपुवा न्युगिनीबीच कीर्तिपुर मैदानमा हुनेछ ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो।