१३ बैशाख २०८१, बिहीबार 1714084858
शिक्षा /स्वास्थ्य

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभरि पछिल्लो समय ६ हजार ३ सय ९ जनाको कोरोना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् भने यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।

हाल देशभरि १ हजार २ सय ५४ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म कोरोनाबाट कुल ११ हजार ९ सय ५१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।