४ जेष्ठ २०८१, शुक्रबार 1715931331
अर्थ

हेमबहादुर मल्ल सम्मान प्रधान र आचार्यलाई


काठमाडौं । नेपाल जनप्रशासन सङ्घले हेम बहादुर मल्ल सम्मान– २०७७ र २०७८ बाट क्रमशः गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गर्ने भएको छ ।

नेपाल जनप्रशासन सङ्घले बुधबार सम्माननीय उपराष्ट्रपतिबाट प्रधान र आचार्यलाई हेम बहादुर मल्ल पुरस्कारबाट सम्मान प्रदान गर्ने संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जानकार दिए ।

नेपाल जनप्रशासन संघ र साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड द्वारा संयुक्त रुपमा मङ्गलबार काठमाडौँमा आयोजना गरेको हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ धोषणा समारोह तथा पत्रकार भेटधाट कार्यक्रममा सहभागीह

नेपाल जनप्रशासन संघले बर्सेनि हेमबहादुर मल्ल सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार राशी जनही दुई लाख रहेको छ । सार्वजनिक प्रशासन तथा व्यवस्थाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई यो पुरस्कारबाट सम्मान गरिन्छ ।

विसं १९९५ सालमा वाग्लुङमा जन्मिएका मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका संस्थापक प्रमुख कार्यकारी, प्रमुख डाइरेक्टर इञ्चार्ज, प्रमुख सल्लाहकार पदमा रहेर सेवा गरेका थिए ।

संघले साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडको नेतृतवमा रही उत्कृष्ट एवं विशिष्ट योगदान पुर्याएको, र सोही सम्झनामा हेमबहादुर मल्ल पुरस्कार स्थापना गरेको हो ।