२४ बैशाख २०८१, सोमबार 1715044518
Banner

नेपाली सेना तथा देशको सुरक्षाबारे सार्वजनिक विचारलाई समाचारका रूपमा मात्र बुझ्नुहुँदैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वरक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना तथा देशको सुरक्षा सम्बन्धमा सार्वजनिक भएका विचार तथा अभिव्यक्तिलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझ्नु नहुने भनी टिप्पणी गरेका छन् ।

नेपाली सेनाबारे संविधान, सैनिक ऐन र नेपालको राष्ट्रिय सुरक्षा नीतिबारेमा जानकारी नभएर वा निश्चित आग्रहबाट निर्देशित भएर नीति तथा कानून निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेका, विगतमा राज्य संचालनमा महत्वपूर्ण जिम्मेवारीमा रहेका तथा बुद्धिजीवी र विश्लेषकबाटै यसखालका अभिव्यक्ति आउने गरेको भन्दै उनले यस्तो यस्तो टिप्पणी गरेका हुन् ।

‘नीति तथा कानुन निर्माण गर्ने महत्त्वपूर्ण स्थानमा रहेका, विगतमा राज्य सञ्चालनमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका तथा बुद्धिजीवी र विश्लेषकमा गिन्ती गरिएका केही व्यक्तिहरूले औपचारिक फोरमहरू र सार्वजनिक संचार माध्यमहरूमार्फत् त्यस्ता अभिव्यक्ति बाहिर ल्याउनुभएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यसरी, नेपाली सेना तथा देशको सुरक्षा सम्बन्धमा सार्वजनिक भएका विचार तथा अभिव्यक्तिलाई केवल सामान्य समाचारका रूपमा मात्र बुझ्दा हुन्छ जस्तो लाग्दैन । ती अभिव्यक्तिहरू २०७२ मा संविधान सभाबाट जारी भएको संविधानमा गरिएको ब्यवस्था, सैनिक ऐन र नेपालको राष्ट्रिय सुरक्षा नीति आदि बारेमा या त जानकारीबिना या निश्चित आग्रहबाट निर्देशित भएर यस्ता कुराहरू बाहिर आएका वा ल्याइएका हुन्छन् भनेर बुझ्नुपर्ने हुन्छ ।’

नेपाली सेनाजस्तो संवेदनशील विषय उठाउँदा राजनीतिक संवेदनशीलता र शक्ति राष्ट्रहरूबीच देखा पर्दै गएको तिक्त सम्बन्धका कारण विकसित नयाँ–नयाँ खतरासम्मुख यो संगठनको संवेदनशीलतालाई ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली सेनाजस्तो संवेदनशील विषय उठाउँदा राजनीतिक संवेदनशीलता र शक्ति राष्ट्रहरूबीचच देखापर्दै गएको तिक्त सम्बन्धहरूका कारण विकसित नयाँ नयाँ खतराहरू सम्मुख यो संगठनको संवेदनशीलतालाई ख्याल गर्दै उपयुक्त समय, स्थान तथा प्रकृयाभित्र रहेरमात्र आवश्यक कुरा गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘तर, अहिले मुलुकमा देखा परिरहेको सामाजिक अराजकता, सांस्कृतिक अधपतन तथा अर्थतन्त्रभित्र देखापर्दै गएको विशृंखलतालाई बढावा दिँदै राज्यलाई नै कमजोर बनाउने हिसाबले अनेक खेल चलिरहेको सन्दर्भमा सेना र राष्ट्रिय सुरक्षाका सम्बन्धमा जे–जस्ता तरिकाले कुराहरू उठाईंदैछ, जुन उचित देखिँदैनन् ।’

यस्तो छ, उनको टिप्पणी

Tags :