८ बैशाख २०८१, शनिबार 1713593605
विश्व

चिनको सांघाई शहरमा लकडाउन घोषणा

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउनको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको चिनिया समाचारपत्रहरुले जनाएका छन् ।

सांघाईमा दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिने त्याहाँका अधिकारिहरुले जनाएका छन् ।

लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ । चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ ।

आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन् । कोरोनाविरूद्ध शून्य सहनशिलताको नीति लिएको चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ ।

सांघाईमा भएका उद्योग धन्दा र व्यापार-व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ। चीनमा इन्धनको माग घट्ने पुर्वानुमानसँगै सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।