१३ बैशाख २०८१, बिहीबार 1714079098
राजनीति

एमालेको घोषणा पत्र तयारी समितीको बैठक आज

काठमाडौं -स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले घोषणा पत्रको तयारीमा तिव्रताका साथ जुटेको छ । पार्टीको हिजोको स्थायी कमिटी बैठकले घोषणा पत्रमा उल्लेख गर्नुपर्ने विषयहरु पठाउन खुला आह्वान गरेको छ ।

केन्द्रीय कमिटीले गठन गरेको घोषणा पत्र तयारी समितीको बैठक आज दिउसो २ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ । समितीका सदस्य एवं पार्टीको स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालका अनुसार घोषणा पत्र तयारी समितीको संयोजक एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतमा आजको बैठक बस्दैछ ।

आजको बैठकले घोषणा पत्रको खाका तयार गर्नेछ । एमलेले यसपाली वितरणमुखी भन्दा उत्पादनमुखी कार्यमा लगानी,पाँच वर्षमा भएको भौतिक विकासको मूल्यांकन र समाजवादको आधार स्थनीय तहबाटै तयार गर्नुपर्ने लगायतका विषयहरु समेटेर घोषणा पत्र बनाउने तयारी गरेको छ ।

३० वैशाखमा हुने निर्वाचनका लागि आगामी वैशाख ९ गते एमालेले घोषणा पत्र सार्वजनिक गर्दैछ ।