४ जेष्ठ २०८१, शुक्रबार 1715936269
Banner

घट्यो, पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार शनिबार साँझ उल्लेखित पेट्रोलियम पदार्थको मूल्य प्राप्त भएको छ । तर, निगमले मूल्य समायोजन भने गरेको छैन ।

निगमका अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।
निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ ।

पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यका क्षेत्रमा प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

Tags :