४ जेष्ठ २०८१, शुक्रबार 1715937561
अर्थ

भारतमा टमाटरको मूल्य प्रतिकिलो ३५०

काठमाडौं । भारतमा गोलभेँडाको मूल्य बढेको छ ।

विभिन्न भारतीय सञ्चारमाध्यमहरुका अनुसार निरन्तर आएको वर्षासँगै बाढीपहिरोका कारण उत्पादन र सप्लाई बन्द भएपछि टमाटरको मूल्य बढेको हो ।

समाचारमा जनाइएअनुसार भारतको चण्डीगढमा टमाटरको मूल्य प्रतिकिलो ३५० भारु पुगेको छ । यस्तै दिल्लीमा २५० भारुमा टमाटर बिक्री भइरहेको आजतकले जनाएको छ ।

देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको समाचारमा उल्लेख छ ।

भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघले ९० भारुमा टमाटर बेच्न थालेको छ । कतिपय ठाउँमा मोबाइल भ्यानमार्फत् सरकारी समन्वयमा टमाटर बेच्न थालिएको छ ।

नेपाल पनि भारतीय टमटरको बजार हो ।

Tags :