७ जेष्ठ २०८१, सोमबार 1716260343
Banner

लम्पी स्किनरोग नियन्त्रणका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किनरोग नियन्त्रणमा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सचेतक गिरीले सरकारसँग पैसा नभए सो कोषको पैसा खर्च गर्न आग्रह गरेका हुन् ।

गत फागुनको अन्तिम सातादेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाया मरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले सो कुरा बताए ।

सरकारले समयमै सचेतता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने थिएन । विज्ञहरुले भनिरहेका छन् कि यही स्थिति रहिरहने हो भने निकट भविष्यमा थप २५ लाख पशुचौपाया संक्रमित हुनेछन् र १ लाख बढी पशु चौपाया मर्ने स्थिति बन्नेछ । त्यसबाट किसानले ठूलो क्षति बेहोर्नुपर्छ भनेर विज्ञहरुले भनिरहेका छन्, तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ । खोप अत्यन्तै अप्रयाप्त छ र लगाउने गतिपनि अत्यन्तै सुस्त छ ।’

Tags :