५ जेष्ठ २०८१, शनिबार 1716051655
Banner

विमानस्थलबाट किन फर्काइयो ११७ श्रमिक ?

काठमाडौं । अध्यागमन विभागले ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काएको छ ।

अध्यागन विभागका अनुसार श्रम स्वीकृति लिएर कुवेत जान लागेका उनीहरुलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काएको फर्काइएको हो ।

भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्को कम्पनीको नाम भएको पाइएको विभागको भनाइ छ ।

यस्ता खालका समस्या आएकाले विभागले विभिन्न समयमा यात्रुहरूलाई रोक्दै आएको छ ।

भिसा स्वीकृत नहुँदै विदेश जाँदा उक्त देशले श्रमिकलाई फर्काउने गरेपछि उनीहरूलाई रोकेको विभागका महानिर्देशक अधिकारीले जानकारी दिए ।

Tags :