२३ बैशाख २०८१, आईतवार 1714945339
Banner

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरको सेवा : न्युनतम २५, अधिकतम ३००

ललितपुर । पछिल्लो समय मानिसहरू आयुर्वेदिक उपचार पद्धतिमा आकर्षित हुँदै जान थालेको छ । व्यस्त र अप्राकृति जीवन शैलीले मानिसमा विभिन्न रोगहरू आउन थालेपछि मानिसहरू प्राकृतिक जीवन जिउने अभिलाशाका साथ आफूले गर्ने स्वास्थ्य उपचार पद्धतिलाई पनि त्यसै गरी परिवर्तन गर्दै लैजान थालेका छन् ।

सस्तो स्वास्थ्य सेवा दिइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरको पछिल्लो डाटाले मानिसहरूले पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढेको देखाउँछ । केन्द्रकी प्रमुख डा.सृष्टि श्रेष्ठका अनुसार ललितपुर जिल्लामा २०७८ सालमा ८ हजार २०३ जनाले आयुर्वेदिक उपचार लिएका थिए । तर, २०८० को जेठसम्ममा त्यो संख्या बढेर ११ हजार ४६ पुगेको छ ।

पछिल्लो ती वर्षको डाटा हेर्दा ललितपुरमा आयुर्वेदिक उपचार पद्धति प्रयोग गर्नेको संख्या उलेख्य बढेको छ । यसरी बढ्नका कारण केन्द्रले दिने सेवा र गतिविधि भएको डा.श्रेष्ठ बताउँछिन् ।

सस्तो छ सेवा शुल्क

केन्द्रबाट २३ वटा औषधि निःशुल्क पाइन्छ । भने यहाँ सशुल्क औषधिहरू पनि पाइन्छ । केन्द्रमा सेवा लिँदा चार्ज न्युनतम २५ रुपैयाँ छ । अधिकतम ३०० रुपैयाँ छ ।

केन्द्रमा ३५ वटाभन्दा बढी ल्याव टेष्टहरू हुन्छन् । जहाँ न्यूनतम २५ र अधिकतम ३०० रुपैयाँ छ । ३५ वटा टेष्टहरूको २६ सय हाराहारीमा उपचार हुन्छ ।

केन्द्रबाट विशेष गरी ४ प्रकारको सेवा दिइन्छ-प्रर्वधनात्मक, प्रतिकारात्मक, निदानात्मक र उपचारात्मक । यी सेवामा विभिन्न विधिबाट गरिन्छ । केन्द्रमा आउने विरामीलाई सिधै औषधि दिने भन्दा पनि विशेष जोड उसको जीवन शैली परिवर्तनलाई दिइन्छ ।

नेपालको आयुर्वेदिक उपचार पद्धतिको सुरुवात वि.स १६४१ मा भएको थियो । त्यो बेला प्रताप मल्लले हनुमान ढोकामा यसको स्थापना गरेका थिए ।

१९०३ मा त्यहाँबाट जंगबहादुरले थापाथलीमा सारेका थिए । त्यहाँ लागलागी भएपछि १९९० मा जुद्ध शमशेरले सिंहदरबार भित्र सारे । त्यसपछि २०१६ मा जिल्ला औषधालय बनाएर औषधि वितरण सुरु भएको यो संस्था २०५१ मा यो संस्थाको नाम सिंहदरबार वैद्य खाना समितिमा भयो ।

२०५२ श्रवण ८ गतेबाट यो समितिले काम थालेदेखि अहिले सबै प्रेदशसहित स्थानीय तहमा समेत आयुर्वेदिक उपचारका शाखाहरू विस्तार भएका छन् ।

आयुर्वेदिक उपचार पद्धतिलाई व्यवस्थित र व्यवसायिक बनाउनका लागि २०४५ साल मै नेपाल आयुर्वेद चिकित्सा परिषद् गठन भएको थियो । भने २०६६ सालमा राष्ट्रिय स्तरको अनुसन्धान तथा तालिम केन्द्रको रूपमा स्थापना भयो ।

लतिलपुरमा आयुर्वेदिक स्वास्थ्य केन्द्र ४ वटा छन् । भने औषधालय २ वटा छन् ।