६ बैशाख २०८१, बिहीबार 1713494387
Uncategorized

राजेन्द्र लिङदेन र रवीन्द्र मिश्रबीच पार्टी एकताबारे छलफल

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकता गर्ने विषयमा छलफल भएको छ ।

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए ।

भेटमा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको राप्रपा महामन्त्री डा. राणाले जानकारी दिए ।

विवेकशील साझा पार्टी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सकारात्मक देखिएकाले लिङ्देनले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।
उनीहरुबीच आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने सहमति भएको बताईएको छ ।