१२ आश्विन २०८०, शुक्रबार 1695983165
Banner

प्रधानमन्त्रीको जवाफपछि संसद् बैठक २९ गतेसम्मलाई स्थगित

काठमाडौँ-प्रतिनिधिसभा बैठक आगामी असार २९ गतेसम्म स्थगित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।

प्रधानमन्त्री दाहालले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गर्नु भयो ।

अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।