५ जेष्ठ २०८१, शनिबार 1716054430
विश्व

चीनकाे प्ले स्कुलमा चक्कु हमला, ६ को मृत्यु

काठमाडौँ-चीनको गुआङ्दोङ प्रान्तस्थित एक प्ले स्कुल (किन्डरगार्टेन) मा चक्कूमार्फत् हमला गरिएको छ । उक्त घटनामा ६ जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते छन् । 

बीबीसीले यसबारे जानकारी दिएको छ । प्रहरीले यो मामिलामा २५ वर्षका एक व्यक्तिलाई पक्राउ गरेको छ । हमलाको कारण पत्ता लगाउनका लागि अनुसन्धान भइरहेको छ ।

प्रहरीले पीडितबारे जानकारी दिएको छैन र तर आक्रमण नियोजित भएको बताएको छ । स्थानीय समय अनुसार सोमबार बिहान ७ः४० मा आक्रमण भएको हो ।-एजेन्सी