१२ बैशाख २०८१, बुधबार 1713984152
Banner

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

सर्लाही । पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

मृतक ४ जनाको शव पोस्टमार्टमका लागि मलंगवा  पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुवाहक बस आज बिहान सवा ११ बजे पुलबाट तल खसेको हो । 

तत्काल घाइतेको उद्धार गरी उपचार गराउनुपर्ने भएकाले मृतक र घाइतेको यकिन विवरण केहीपछि मात्र आउने प्रहरीले जनाएको छ । 

बस अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सबै मृतक तथा घाइतेहरूको पहिचान समेत खुलिसकेको छैन ।