७ जेष्ठ २०८१, सोमबार 1716257626
राजनीति

कांग्रेस जिल्ला सभापतिको भेला सुरु

काठमाडौं । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु भएको छ ।

बिहीबारबाट काठमाडौंमा सभापतिहरुको भेला सुरु भएको हो । सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारमा रहेकाहरुले काम गरेर देखाउनुपर्ने बताए ।

उनले भने,‘केन्द्रीय सरकार ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने भएको छ । उपनिर्वाचनको परिणामबाट निराश र अलमलमा पर्नु हुँदैन । दशैंअघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको छ । २७ असारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्छ ।’

यस्तै, उनले केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने बताए ।

Tags :