६ बैशाख २०८१, बिहीबार 1713488550
राजनीति

कांग्रेस केन्द्रिय समितिको बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो।

शुक्रबारको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका थिए ।
बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए भने आज बाँकीले आफनो धारणा राख्ने कार्यतालिका रहेको छ ।