११ बैशाख २०८१, मंगलवार 1713911040
Banner

एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक आज बस्ने भएको छ ।

अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बैठक बोलाइएको छ ।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य र ४ जना पदेन सदस्य छन् ।