४ जेष्ठ २०८१, शुक्रबार 1715941635
अर्थ

साताको पहिलो दिन देखिएन सेयर बजारमा उत्साह

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उत्साहजनक रहेन । आज आइतबार नेप्से ५३.७० अंकले घटेको छ।

यस दिन नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ। यस दिन २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको हो।

आइतबार बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

Tags :