८ बैशाख २०८१, शनिबार 1713644295
अपराध

महिलामाथि एसिड प्रहार गर्ने २ जना पक्राउ

बारा । वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।