४ जेष्ठ २०८१, शुक्रबार 1715938602
Banner

नेपालका लागि एडिबीबाट ६ अर्ब ऋण स्वीकृत

काठमाडौं । नेपालका लागि एसियाली विकास बैंक (एडिबी) बाट साढे ६ अर्ब ऋण स्वीकृत भएको छ ।

नेपालको आन्तरिक तथा बाह्य व्यापारसम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनका लागि सो रकम स्वीकृत भएको हो ।

अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत देखिन्छ । सरकारले लिएको जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा यो सहायता उपयोग गरिने भएको छ ।

व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान मद्दत गर्ने एडीबीका दक्षिण एसिया विभागका निर्देशक थियाम ही एनजीले बताएका छन् ।

Tags :