२०७९ आश्विन १२ बुधबार 1664366165
Banner

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग केही बेरअघि भेटवार्ता गर्नु भएको छ ।

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर वाङले प्रधानमन्त्री देउवासँग भेट गर्नु भएको हो। यस क्रममा चीन सरकारद्वारा निर्मित पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

चिनियाँ विदेशमन्त्री वाङयीले परराष्ट्रमन्त्री नारायण खडकालाई विमानस्थल निर्माण सम्पन्नको चाबी हस्तान्तरण गर्नु भएको छ । यसअघि वाङले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नु भएको थियो ।सो भेटवार्तामा विभिन्न आर्थिक र प्राविधिक सहयोग विषयमा सम्झौता भएको थियो ।

नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस (haylage) निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ ।