४ जेष्ठ २०८१, शुक्रबार 1715937555
अर्थ

घट्यो, नेप्से परिसूचक नेप्से, तर उच्च

काठमाडौं । सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनयता लगातार बढेको बजार बुधबार ३५ दशमलव ३७ अङ्कले घटेको हो । मंगलबार नेप्से झन्डै ५७ अङ्कले बढेको थियो । तर, आज दुई हजार एक सय ५० दशमलव ९९ विन्दुमा झरेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजार घटे पनि कारोबार रकम भने बढेर ६ अर्ब रुपैयाँ नजिक पुगेको छ ।
आज दुई सय ८० वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको ८३ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज इन्ग्वा हाइड्रोपावर, खप्तड लघुवित्त र तारागाउँ रेजेन्सी होटलको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Tags :