७ बैशाख २०८१, शुक्रबार 1713578327
राजनीति

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने 

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने हुनुभएको छ ।

बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उहाँ श्रीलंका जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उहाँ सहभागी हुने कार्यक्रम छ ।