६ जेष्ठ २०८१, आईतवार 1716119806
राजनीति

एमाले उपाध्यक्ष पौडेल स्वदेश फिर्ता

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको प्रतिनिधिमण्डल चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएको छ ।

चारदिने भ्रमणमा चीन जानुभएका उपाध्यक्षसहितको टोली शुक्रबार स्वदेश फर्किएको हो ।

उहाँहरू चीनको कुन्मिङमा भएको ‘इकोनोमिक कोओपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन गत सोमबार चीन प्रश्थान गर्नुभएको थियो ।

भ्रमण दलमा उपाध्यक्ष पौडेलका साथै स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीलगायत हुनुहुन्थ्यो ।