४ जेष्ठ २०८१, शुक्रबार 1715955119
शिक्षा /स्वास्थ्य

कोशी अस्पतालका ३३० शय्या निःशुल्क गर्ने सरकारको निर्णय

काठमाडौं । सकारले कोशी अस्पतालका ३३० शय्या विपन्नका लागि निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । वीर अस्पतालमा ७ सय शय्या विपन्न बिरामीका लागि निःशुल्क गराएको एक हप्ता नपुग्दै सरकारले कोशी अस्पतालमा पनि विपन्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

कोशी अस्पतालले आईसीयू, एचडीयू र क्याबिन बाहेकका ३ सय ३० शय्या विपन्नका लािग निःशुल्क उपचार व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागू गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार निःशुल्क गर्न आफूले निर्देशन दिएपछि कोशी अस्पतालले मंगलबारदेखि नै निःशुल्क गर्ने निर्णय गरेको छ ।

राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविष्यमा देशका अन्य सरकारी अस्पतालमा पनि निःशुल्क उपचार गर्ने सरकारको लक्ष्य रहेको छ । निःशुल्क सेवा पाउनका लागि स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको छ।