१२ बैशाख २०८१, बुधबार 1713958183
Banner

चिनियाँ विदेशमन्त्री वाङले गरे शिवपुरीमा हाइकिङ

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गर्नुभएको छ ।

शुक्रबार अपराह्न काठमाडौं आइपुग्नुभएका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ जानुभएको थियो । होटल द्वारिकाजबाट बिहान साढे ७ बजे देखि गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिनुभएको हो ।

पहिलो पटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रो पटक आउँदा उहाँको रोजाइमा परेको छ– शिवरपुरी । उहाँले हाइकिङमा कति समय बिताउँनुहुने छ त्यो भने केही खुलाइएको छैन ।