५ जेष्ठ २०८१, शनिबार 1716052849
पर्यटन

चिनियाँ धनाढ्य नेपालमा

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा बंगलादेश हुँदै काठमाडौं आएका छन् ।

अध्यगमन विभागका अनुसार उनी निजी विमान बोइङ ७३७ म्याक्सबाट २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीसँग एउटा टोली पनि नेपाल आएका हुन् ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रहेको बुझिएको छ ।

उनले आफ्नो घरबाट सुरु गरेको अलिबाबा अहिले विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येमा पर्छ।

उक्त कम्पनी अहिले अनलाइन किनमेल, क्लाउड कम्प्युटिङ र आर्टिफिश इन्टेलिजन्स (एआई) जस्ता सेवाका माध्यमबाट करिब ८० करोड प्रयोगकर्तासँग जोडिएको छ।

धनाढ्य ज्याक मा आफ्नो रवाफिलो उपस्थिति र प्रचारबाजीका लागि परिचित छन् ।

उनको व्यवसाय एन्ट ग्रूपले अलिपे मोबाइल फाइन्यान्स एपको माध्यमबाट चीनको डिजिटल भुक्तानी बजारमा प्रभुत्व जमाएको छ।

Tags :