२० बैशाख २०८१, बिहीबार 1714629076
Banner

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आव २०८०/८१ का लागि बजेट ल्याएको छ । महानगरले आइतबार आव २०८०र २०८१ का लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको हो।

आव २०८० ८१को बजेट महानगरको सभामा उपप्रमुख सुनीता डंगोलले प्रस्तुत गरेकी थिइन् ।

आइतबार राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्।

महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्।

यस्तै महानगरले राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुने जनाएको छ ।

१० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ। त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।

महानगरले आर्थिक वर्ष २०८०र८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ।

Tags :