८ बैशाख २०८१, शनिबार 1713634400
Banner

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ ।

केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल सुरु भएको हो । बैठकमा औपचारिक एजेण्डाका रूपमा काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ चुनावी अभियानको समीक्षा, संसदीय समिति गठन र विविध राखिएको छ ।

यसका साथै चुनावी घोषणापत्रका विषयमा परामर्श हुने छ ।

चुनाव घोषणापत्र तयारी समितिको संयोजकमा यसअघि नै पार्टीले महामन्त्री गगन थापालाई मनोनयन गरिसकेको छ ।