५ जेष्ठ २०८१, शनिबार 1716069756
Banner

उपप्राध्यापकमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता लिने निर्णयप्रति पूर्वउपकुलपतिको विरोध

काठमाडौं । पूर्वउपकुलपतिहरुले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुको मुद्दा फिर्ता लिने निर्णयको विरोध गरेका छन् ।

पूर्वउपकुलपतिहरू अर्जुन कार्की, केदारभक्त माथेमासहित ८ जना उपकुलपतिले संयुक्त विज्ञप्ति जारी गरी सो कार्यको विरोध गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थामा अनुशासनहीनता, अमर्यादित एवं अपराधिक कार्यहरूलाई प्रोत्साहन गर्ने मन्त्रीपरिषदको उक्त निन्दनीय निर्णयबाट सरकार स्वयं अपराधको पक्षपाति भएको देखिन्छ ।’

उपप्राध्यापक चलाउनेले सोमबारदेखि थालेको अनसनप्रति पनि उनीहरुले ऐक्यबद्धता जनाएका छन् र मुद्दा फिर्ता लिने निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

Tags :