५ जेष्ठ २०८१, शनिबार 1716060736
Banner

योगको सुरुवात नेपालबाट भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगको सुरुवात नेपालबाट भएको दाबी गरेका छन् ।

बुधबार ९ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

३५,३६ वर्षअघि नेपालले योग दिवस मनाउन सुरु गरिएको उनले बताए ।

‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ गर्‍यो ? अरूले मनाएको थिएन । हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ । त्यो स्मृति छ हामीसँग,’ ओलीले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’

उनले योग अरूले पनि सुनेपनि पुर्नउत्थान र पुर्नजागरण नेपालबाटै भएको भन्दै योग व्यवस्थित उद्देश्य र सिद्धान्त रहने भन्दै यसको सुरुवात गर्नेहरूलाई आभार व्यक्त गरे ।

Tags :