२०७९ मंसिर १६ शुक्रबार 1669993889
Banner

नयाँ नेतृत्व चयनका लागि सञ्चारिका समुहको महाधिवेशन हुँदै, अध्यक्षमा तीनजनाको दाबी

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि सञ्चारिका समुहको महाधिवेशन शुरु भएको छ । काठमाडौंको होटल रोयल सिंगेमा शुरुभएको अधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको छ। महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी र बसन्ती बास्तोलाले लगायतको दाबेदारी छ ।

अध्यक्षमा सहमति जुटन नसकेपछि आजको महाधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । सञ्चारिकाले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।