५ जेष्ठ २०८१, शनिबार 1716071462
Banner

काठमाडौं महानगरकी शिक्षा सल्लाहकारले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

अर्यालले मेयर बालेन्द्र साहको कार्यशैली र लिएका निर्णयमा आफ्नो परिवारको स्वार्थ बाझिने भन्दै सो पदबाट राजीनामा दिएकी हुन् ।

गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।

भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका स‌ंवादलाई कारण देखाउँदै साहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् ।

अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि स‌ंलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।

कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी र सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भएकी थिइन् ।

Tags :