४ जेष्ठ २०८१, शुक्रबार 1715955126
Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायी अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि बुधबार भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि नेपालस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत बनेको जनाएको थियो ।

कार्यक्रममा राजदूत सोङले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो ।
यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो ।

चाइनिज इन्जिनियरहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजना अन्तर्गतको हो ।’

सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो ।

सीएएमसीईसँग मूल्य अभिवृद्धि करसहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।

Tags :