२०७९ मंसिर १५ बिहीबार 1669937087
Banner

अस्पताल उद्घाटन र एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज उदयपुर जाने

काठमाडौ । मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज उदयपुर जाँदै हुनुहुन्छ । त्रियुगाा नगरपालिका १० मा स्थापना भएको आँखा अस्पतालको दिउसो १२.३० बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिनुभयो । अस्पताल ३० बेडको छ ।

उदयपुरमै आज एमालेले बृहत् जनसभाको पनि आयोजना गरेको छ । सो जनसभामा अधयक्ष ओलीले विभिन्न पार्टी त्यागेका कम्तीमा १ हजार ५ सय जना भन्दा बढी कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।