८ बैशाख २०८१, शनिबार 1713632401
राजनीति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियानको प्रारम्भिक समीक्षा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ।

यस्तै, बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र, गठबन्धनसँगको तालमेल लगायतका विषयमा पनि छलफल गर्ने काँग्रेसको तयारी छ ।