५ जेष्ठ २०८१, शनिबार 1716066518
राजनीति

गुण्डा र अपराधीको देशमा बाँच्नु छैन: प्रध्यापक प्रेम चलाउने


काठमाडौं । त्रिविका प्राध्यापक प्रेम चलाउनेले गुण्डागर्दीको देशमा आफूलाई बाच्नु नरहेको बताएका छन् ।

उनीमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदले निर्णय गरेपछिको विरोध प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले सत्याग्रह थाल्ने घोषणासमेत गरेका छन्।

उनले भने, ‘यो गुण्डा र अपराधीहरूको देशमा मलाई बाँच्नु छैन। मैले मेरा सत्याग्रह थाल्छु, मलाई बन्द इजलास र सरकारले पनि न्याय दिएन। म न्याय खोसेर लिन्छु। म गुहार माग्न आएको छु। सडकमा मलाई गुहार दिनुहोला।’

Tags :