१३ बैशाख २०८१, बिहीबार 1714084463
Banner

प्रधानमन्त्री देउवाले अर्को साता भारत भ्रमण गर्ने 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी १८ गते तीनदिने भारत भ्रमणमा जाने हुनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो । प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

यसअघि ‘गुजरात समिट’मा जाने तयारी गरे पनि देउवाको भ्रमण कोरोना महामारीका कारण समिट नै रद्द भएपछि रोकिएको थियो । बालुवाटार स्रोतका अनुसार देउवाले तीनदिन भारतमा बिताउनुहुनेछ ।