१३ बैशाख २०८१, बिहीबार 1714089516
राजनीति

एमालेको केन्द्रीय विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई

काठमाडौं – नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ ।

आजको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको हो ।

केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ। सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।