७ बैशाख २०८१, शुक्रबार 1713514352
समाचार

कैलालीका जनताले मलाई माया गर्छन्, यहीँबाट चुनाव लड्छु : नेत्री देउवा

धनगढी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफूलाई कैलाली मन पर्ने र यहाँका जनताले समेत माया गर्ने भएकोले पार्टीले टिकट दिए यहाँबाटै चुनाव लड्ने बताउनुभएको छ ।

धनगढी (कैलाली निर्वाचन क्षेत्र ५) का जनतासँग म भिजिसकेकी छु त्यसैले यहीँ चुनाव लड्छु बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, पहिले पनि बर्दिया लगायतका ठाउँमा लड्ने प्रचार गरिएको थियो तर मैले धनगढी नै छानेँ ।
एक प्रश्नको जवाफमा उहाँले ०७४ को चुनावमा तीन चार पार्टी मिलेर मलाई हराइएको हो तर पनि मैलै राम्रो (२२ हजार ३२२) मत पाएँ । उहाँले आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु ।
पत्रकारको अर्को प्रश्नको जवाफमा नेत्री देउवाले सानातिना मनमुटाव एउटा घर, परिवारबीच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले काँग्रेसको आन्तरिक मनमुटाव जनताका वीच चुनावमा प्रकट नहुने विश्वास गर्नुभयो ।