१३ बैशाख २०८१, बिहीबार 1714052547
प्रदेश

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

विराटनगर– माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । 

बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ । 

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।